समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न (शंकरनगर दुर्गादत्त मावि तिलोत्तमा- २ रुपन्देही, २०७६ मंसिर ०४ गते बुुधबार)

samachar

2076-8-4

समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न ......

मिति २०७६।०८।०४ गते बुधबारका दिन देशभरका सरकारी वकील कार्यालय र प्रहरी कार्यालयहरुले स‌ंयुक्त रुपमा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रमको आयोजना गर्ने भनि महान्यायाधिवक्ता कार्यालयबाट भएको परिपत्र अनुरुप  यस कार्यालयले ईलाका प्रहरी कार्यालय बुटवलको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

"सरकारवादी मुद्दाको कार्य सम्पादनमा सरकारी वकील र सरोकारवाला निकायहरुको भूमिका" एवं  समुदाय प्रति प्रहरीको दायीत्व र साझेदारी विषयक कार्यपत्रहरु मार्फत समुदायलाई विस्तृत जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको शंकरनगर दुर्गादत्त मा. वि. तिलोत्तमा न.पा. वडा नं. २ मा सम्पन्न भएको सो कार्यक्रम उच्च सरकारी वकील कार्यालय बुटवलका कार्यालय प्रमुख एवं का.मु. सह-न्यायाधिवक्ता श्री मोहनसागर बश्यालज्यूको अध्यक्षता ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक श्री भिमलाल भट्टराई, तिलोत्तमा नगरपालिका वडा नं १ र २ वडा अध्यक्षज्यूहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकको आतिथ्यता तथा नगरपालिकाका कार्यपालिका सदस्य, १ र २ नं. वडाका वडा सदस्यज्यूहरु शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु,  उच्च सरकारी वकील कार्यालयका कर्मचारीहरु, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी कर्मचारीहरु, स्थानीय सर्वसाधारण  एवं पत्रकारहरु गरी करिव १११ जनाको उपस्थितिमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा का.मु सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्याल र प्रहरी नायव उपरिक्षक श्री भिमलाल भट्टराईज्यूले  कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा करिव १२ जना सहभागीहरुबाट सरकारी वकील र प्रहरी समुदाय समझदारी सम्वन्धमा जिज्ञासाहरु उठाईएकोमा उ.स.व.का. बुटवलका का.मु. सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यू र ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक श्री भिमलाल भट्टराईज्यूले विभिन्न रोचक उदाहरणहरु सहित उठेका जिज्ञासाहरुको सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो ।

सो कार्यक्रममा सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री उमानाथ कंडेल र तिलोत्तमा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष श्री दधिराम गौतमज्यूले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा उ.स.व.का. बुटवलका शा.अ. श्री विमल पन्थीज्यूले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालक उच्च सरकारी वकील कार्यालय बुटवलका क. अ. श्री बुद्धि पराजुलीले गर्नुभएको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)


बढुवा समितिको सचिवालयको सूचना (२०८०।११।०९)


निर्णय कार्यान्वयन सम्वन्धमा (नेपाल सम्वत)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको २०८०।०५।०४ को परिपत्र


महान्यायाधिवक्ताको कार्यालयबाट सबै उच्च सरकारी वकील कार्यालयहरुको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८०।०८१)


रुपन्देही जिल्ला स्थित रहेका कार्यालयहरुको नाम, सम्पर्क व्यक्ति, टेलीफोन नं. (संघ/प्रदेश) सहित (आव ०८०।०८१)


निजामती सेवा नियमावली, २०५० एकिकृत बाह्रौ संशोधन २०७२ सहित


निजामती सेवा ऐन, २०४९ (संसोधन २०७२ समेत)


निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५


समाचार

(समुदायमा सरकारी वकील कार्यक्रम भाग-२)- सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०९।०६ श्री नविन औद्योगिक कदर बहादुर रीता मा.वी.)


सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०६।०५ सिटी क्याम्पस बुटवल)


२०८० श्रावण महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०४।२६ गते शुक्रबार)


मातहत कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०८०।०३।०५)


२०८० जेष्ठ महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०२।३० गते मंगलबार)


योजना कार्यान्वयन समिति गठन सम्वन्धमा (नयाँ ) - २०८०।०२।३०


सरकारी वकील र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७९।१०।१३)


२०७९ पौष महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०७९।०९।२९ गते शुक्रबार)


मातहतका कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०७९।०३।३१)


कार्यालयको कार्यसम्पादन प्रतिवेदन फारमको रिपोर्ट सम्मवन्धमा .... (२०७९।०२।२९)