उ.स.व.का. जुम्ला, जि.स.व.का. जुम्ला , जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त आयोजनामा चन्दननाथ मा.वि.मा. समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम २०७६ मंसिर ४ गते सम्पन्न ।

samachar

2076-8-18

चन्दननाथ मा.वि मा समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदरी कार्यक्रम सम्पन्न

 

जुम्ला, मंसिर ४

उच्च सरकारी वकील कार्यालय, जुम्ला, जिल्ला सरकारी वकील कार्यालय जुम्ला र जिल्ला प्रहरी कार्यालय, जुम्लाको संयुक्त आयोजनामा विद्यार्थी र शिक्षकसँग सरकारी वकील र प्रहरीको काम कारबाही बारे जानकारी गराउन "समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदरी कार्यक्रम" २०७६ साल मंसिर ४ गते जुम्लाको  चन्दननाथ नगरपालिका स्थित चन्दननाथ माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय, जुम्लाका निमित्त जिल्ला न्यायाधिवक्ता   श्री नगेन्द्र लम्सालले "सरकारी वकीलको परिचय, सरकारवादी मुद्दाहरू र समुदायबाट गरिएको अपेक्षा" र जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रमुख, प्रहरी नायव उपरीक्षक    श्री लालबहादुर धामीले "समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरी विद्यालय सम्पर्क कार्यक्रम" को  विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको  थियो ।

कार्यक्रममा कार्यपत्रको विषय र सहभागीले राखेको जिज्ञाशाको सम्बोधन निमित्त जिल्ला न्यायाधिवक्ता श्री नगेन्द्र लम्साल र प्रहरी नायव उपरीक्षक श्री लालबहादुर धामीले दिनुभएको थियो ।

चन्दनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री टंकबहादुर महतले मानिसमा शिक्षाको ज्ञानसँगै असल संस्कार र कानुनप्रति सचेत हुनुपर्ने बताउनुभयो । उहाँले समाजको भलो गर्नका लागि आफ्नो काम गर्ने शैली र जीवनमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा चन्दननाथ माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र शिक्षकको समेत सहभागीता रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments