कार्यालयको नियमित बैठक (Staff Meeting) सम्वन्धमा (२०७८।०७।२९) :

samachar

2078-8-2

आज मिति २०७८।०७।२९ गते सोमबार श्री उच्च सरकारी वकील कार्यालय बुटवलका कार्यालय प्रमुख एवं सह-न्यायाधिवक्ता श्रीमान मोहन सागर बश्यालज्यूको अध्यक्षतामा देहायका कर्मचारीहरुको उपस्थितिमा नियमित बैठक सम्पन्न गरी विभिन्न विषयगत प्रस्तावहरु माथि छलफल गरी देहाय बमोजिमको निर्णय गरियो ।

उपस्थिति :

  • सह-न्यायाधिवक्ता श्री मोहनसागर बश्याल
  • उप-न्यायाधिवक्ता श्री कृष्णचन्द पाण्डे
  • सहायक न्यायाधिवक्ता श्री मिना थापा
  • सहायक न्यायाधिवक्ता श्री लक्ष्मी न्यौपने
  • टाइपिस्ट नायब सुब्बा श्री चन्द्रावती खाती
  • कम्प्युटर अपरेटर श्री बुद्धिराम पराजुली
  • कम्प्युटर अपरेटर श्री शान्ति गैरे
  • नायब सुब्बा श्री सुष्मा गुरुङ्ग
  • नायब सुब्बा श्री सुशिला ज्ञवाली
  • लेखापाल श्री पुजन ज्ञवाली
  • नायब सुब्बा श्री शोभाकर राना
  • खरिदार श्री यनराज अर्याल
  • हलुका सवारी चालक श्री जगत बहादुर सापकोटा
  • कार्यालय सहयोगी श्री हरिलाल पौडेल
  • कार्यालय सहयोगी श्री पुष्पा सारु
  • कार्यालय सहयोगी श्री सरिता खड्का
  • कार्यालय सहयोगी श्री निशान्त पौडेल

छलफलका लागि प्रस्तुत भएका प्रस्ताव (ऐजेण्डा) हरु :

प्रस्ताव नं. १ कार्यालय व्यवस्थापन तथा कार्यविवरण परिमार्जन सम्वन्धमा ।

प्रस्ताव नं. २ विविध ।

 

प्रस्ताव नं. १. मा छलफल गर्दा कार्यालयका सबै किसिमका मुद्दा एवं अन्य काम कारवाहीमा हालसम्म साधारण प्रकृतिका फाईलहरुलाई प्रयोग गरिंदै आएकोमा त्यसलाई परिमार्जन गर्दै प्रशासन तथा मुद्दा व्यवस्थापनलाई अझ वढी चुस्त, दुरुस्त, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ मुद्दा तथा अन्य काम कारवाहीको प्रकृतिको आधारमा देहाय बमोजिमका विशेषता भएका फाईलहरु प्रयोग गर्ने निर्णय गरियो ।  

प्रशासनिक कामकाजको लागि  :    कार्यालयको नाम मात्र उल्लेख भएको सादा फाइल

वादी/प्रतिवादीको पुनरावेदन र अनुसूची भित्रको मुद्दामा : विभिन्न विवरण उल्लेखित सादा फाइल

नाबालकका विरुद्वमा परेका तथा राजश्व चुहावट सम्बन्धी मुद्दामा : निलो आधार पट्टी सहितको "

रीटमा : रातो आधार पट्टी सहितको फाइल

वन, वन्यजन्तु र ओखेटोपार मुद्दामा : हरियो आधार पट्टी सहितको फाइल

बैकिंङ्ग कसूरका मुद्दामा :    कालो आधार पट्टी सहितको फाइल

महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले गठन भएको यस कार्यालयको योजना कार्यान्वयन समिति समितिको सदस्यको रुपमा रहनु भएका सहायक न्यायाधिवक्ता श्री नारायण आचार्यज्यूको सरुवा भएकाले सहायक न्यायाधिवक्ता श्री मीना थापाज्यूलाई उक्त जिम्मेवारीमा रहि कामकाज गर्ने गरी निर्णय गरियो ।

यस कार्यालयको सूचना अधिकारीको जिम्मेवारीमा रहनु भएका सहायक न्यायाधिवक्ता श्री विष्णुहरि मरासिनीज्यू कार्यालयबाट सरुवा भई जानु भएको हुँदा सूचना अधिकारीको साथै मुद्दा तथा रीट शाखाको सुपरीवेक्षण अधिकृतको रुपमा समेत कामकाज गर्ने गरी उक्त जिम्मेवारी सहायक न्यायाधिवक्ता श्री लक्ष्मी न्यौपानेज्यूमा रहने निर्णय गरियो ।

 

प्रस्ताव नं. २ मा छलफल गर्दा वार्षिक कार्य योजना कार्यन्वयन गर्नका लागि आआफ्नो जिम्मेवारी अनुसार कामको समिक्षा गर्दै उत्तरदायी रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरियो ।

नियमानुसार यस कार्यालयबाट मातहत कार्यालयहरुमा गरिने निरीक्षण तथा अनुगमनको कार्यलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउनका लागि तेस्रो पञ्चवर्षिय रणनीतिक योजनाको साथै सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन परिक्षण निर्देशिका, २०७५ समेतलाई आधार मानी अनुगमन निरीक्षणको लागि चेकलिष्ट तयार गरी ७ दिन भित्र श्रीमान सह-न्यायाधिवक्ताज्यू समक्ष पेश गर्न साथै रिट तथा लिखित जवाफमा देखिएका त्रुटी र छलफलमा उठाउनुपर्ने विषयवस्तुमा बुँदा तयार गर्न उपन्यायाधिवक्ता श्री कृष्णचन्द पाण्डेज्यूको संयोजकत्वमा सहायक-न्यायाधिवक्ता श्री मीना थापा,  सहायक-न्यायाधिवक्ता श्री लक्ष्मी न्यौपानेना.सु. श्री सुष्मा गुरुङ्ग सदस्य एवं ना.सु. श्री सुशिला ज्ञवाली सदस्य-सचिव रहने गरी कार्यदल गठन गरी उक्त काम सम्पन्न गर्ने गरी निर्णय गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)


बढुवा समितिको सचिवालयको सूचना (२०८०।११।०९)


निर्णय कार्यान्वयन सम्वन्धमा (नेपाल सम्वत)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको २०८०।०५।०४ को परिपत्र


महान्यायाधिवक्ताको कार्यालयबाट सबै उच्च सरकारी वकील कार्यालयहरुको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८०।०८१)


रुपन्देही जिल्ला स्थित रहेका कार्यालयहरुको नाम, सम्पर्क व्यक्ति, टेलीफोन नं. (संघ/प्रदेश) सहित (आव ०८०।०८१)


निजामती सेवा नियमावली, २०५० एकिकृत बाह्रौ संशोधन २०७२ सहित


निजामती सेवा ऐन, २०४९ (संसोधन २०७२ समेत)


निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५


समाचार

(समुदायमा सरकारी वकील कार्यक्रम भाग-२)- सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०९।०६ श्री नविन औद्योगिक कदर बहादुर रीता मा.वी.)


सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०६।०५ सिटी क्याम्पस बुटवल)


२०८० श्रावण महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०४।२६ गते शुक्रबार)


मातहत कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०८०।०३।०५)


२०८० जेष्ठ महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०२।३० गते मंगलबार)


योजना कार्यान्वयन समिति गठन सम्वन्धमा (नयाँ ) - २०८०।०२।३०


सरकारी वकील र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७९।१०।१३)


२०७९ पौष महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०७९।०९।२९ गते शुक्रबार)


मातहतका कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०७९।०३।३१)


कार्यालयको कार्यसम्पादन प्रतिवेदन फारमको रिपोर्ट सम्मवन्धमा .... (२०७९।०२।२९)