समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2078-9-21

जिल्ला सरकारी वकील कार्यालय, सोलुखुम्बुको आयोजनामा मिति २०७८/८/१७ गते थुलुङदुधकोशी गाउपालिका वडा नं १, नेलेमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ।  थुलुङदुधकोशी गाउपालिकाको उपप्रमुख श्री सबिता राईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरू,विद्यार्थीहरु, विभिन्न संघ संस्थामा आवद्ध ब्यक्तिहरु, समुदायका नागरिकहरुको उपस्थिति रहेको थियो। यस कार्यक्रममा फौजदारी न्याय प्रशासनमा सरकारी वकीलको भुमिका, सरकारबादी फौजदारी मुद्दाको अनुसन्धान अभियोजन सम्बन्धि कानूनी ब्यवस्था, फौजदारी न्याय प्रशासनको प्रभावकारीता अभिबृद्धिमा समुदायको भुमिका लगायतका विषयमा छलफल गरिएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments