विभागहरु

महान्यायाधिवक्ताको कार्यालय तथा मातहत कार्यालयको एकीकृत कार्य सञ्चालन कार्यविधि, २०७८ बमोजिम (प्रकरण नं.३.१ - ३.३)

१.महान्यायाधिवक्ताको कार्यालयमा रहने विभागः

      (क) मुद्दा व्यवस्थापन विभाग

      (ख) योजना, अनुसन्धान तथा अनुगमन विभाग

      (ग) कार्यालय तथा जनशक्ति व्यवस्थापन विभाग

      (घ) मानव अधिकार संरक्षण तथा कानूनी राय विभाग

१.१ विभागको प्रमुखको रूपमा काम गर्न महान्यायाधिवक्ताले कार्यादेश सहित नायब महान्यायाधिवक्तालाई जिम्मेवारी तोक्नेछ ।

१.2 कार्यालय तथा जनशक्ति व्यवस्थापन विभागको प्रमुख वरिष्ठतम् नायब महान्यायाधिवक्ता हुनेछ ।

१.3    विभाग र विषयगत मुद्दा महाशाखा अन्तर्गत रहने सरकारी वकील महान्यायाधिवक्ताले तोके बमोजिम हुनेछ।

१.४ कार्यालय तथा जनशक्ति व्यवस्थापन विभागका नायब महान्यायाधिवक्ताले विभाग र विषयगत मुद्दा महाशाखा अन्तर्गत रहने सरकारी वकीलको जिम्मेवारी हेरफेर गर्न सक्नेछ।

1.२ महान्यायाधिवक्ताको कार्यालयमा विभाग अन्तर्गत रहने महाशाखा, केन्द्र तथा शाखाको गठनः

१.२.1 मुद्दा व्यवस्थापन विभाग अन्तर्गत रहने महाशाखा तथा शाखाः

(क) अभियोजन अनुगमन तथा मूल्याङ्कन महाशाखा

(ख) मुद्दा तथा बहस व्यवस्थापन महाशाखा

(ग) पुनरावेदन शाखा

(घ) मुद्दा तथा रिट शाखा

(ङ) अभिलेख शाखा

(च) अभियोजन अनुगमन शाखा

१.२.२ योजना, अनुसन्धान तथा अनुगमन विभाग अन्तर्गत रहने महाशाखा तथा शाखाः

(क) योजना, अनुसन्धान तथा अनुगमन महाशाखा (छोटकरीमा योजना महाशाखा)

(ख) योजना कार्यान्वयन तथा अनुगमन शाखा (छोटकरीमा योजना शाखा)

(ग) अनुसन्धान तथा प्रतिवेदन शाखा

(घ) साइवर सुरक्षा र सूचना, संचार, प्रविधि महाशाखा (Cyber Security and ICT Division)

(ङ) साइवर सुरक्षा शाखा

(च) सूचना, संचार प्रविधि शाखा

१.२.३ कार्यालय तथा जनशक्ति व्यवस्थापन विभाग अन्तर्गत रहने महाशाखा, केन्द्र तथा शाखाः

(क) मानव संसाधन महाशाखा

(ख) अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा

(ग) अभियोजन प्रशिक्षण केन्द्र

(घ) कर्मचारी प्रशासन शाखा

(ङ) आर्थिक प्रशासन शाखा

(च) पुस्तकालय तथा संग्राहलय व्यवस्थापन शाखा

(छ) जिन्सी शाखा

(ज) दर्ता चलानी तथा सोधपुछ फाँट

१.२.४ मानव अधिकार संरक्षण तथा कानूनी राय विभाग अन्तर्गत रहने महाशाखा, केन्द्र तथा शाखा

(क) मानव अधिकार संरक्षण तथा न्यायिक सिद्धान्त अनुगमन महाशाखा

(ख) कसूर पीडित तथा साक्षी संरक्षण शाखा

(ग) कानूनी राय महाशाखा

(घ) अपराधशास्त्रीय अनुसन्धान केन्द्र

१.२.५ महाशाखा र केन्द्रको प्रमुखमा सहन्यायाधिवक्ता र शाखाको प्रमुखमा उपन्यायाधिवक्ता, प्रमुख लेखा नियन्त्रक, सहायक न्यायाधिवक्ता र अन्य अधिकृत तथा सहायकस्तरका कर्मचारी रहनेछन् ।

१.२.६ विभाग अन्तर्गत रहने महाशाखा, केन्द्र तथा शाखा आवश्यकतानुसार सम्बन्धित विभागको प्रमुखसँग समन्वय गरी कार्यालय तथा जनशक्ति व्यवस्थापन विभागको प्रमुखले हेरफेर गर्न सक्नेछ।

१.३ महान्यायाधिवक्ताको कार्यालयमा विषयगत मुद्दा महाशाखाको गठनः कार्यालयबाट प्राप्त हुने मुद्दामा महान्यायाधिवक्ताबाट प्रत्यायोजित अधिकार बमोजिम निर्णय/निकासा दिन र महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस पैरवी, प्रतिरक्षा तथा प्रतिनिधित्व गरिने मुद्दा तथा रिटमा विषयगत विशिष्टीकरण अनुरूप कार्य गर्न व्यवस्थापन समितिको परामर्शममा महान्यायाधिवक्ताले तोकेको नायब महान्यायाधिवक्ताको नेतृत्वमा देहाय बमोजिम विषयगत मुद्दा महाशाखाहरू रहनेछन्;

(क) संवैधानिक मुद्दा महाशाखा

(ख) राजश्‍व तथा भ्रष्टाचार मुद्दा महाशाखा

(ग) भूमि सम्बन्धी तथा विविध मुद्दा महाशाखा

(घ) कर्मचारी मुद्दा महाशाखा