अपराध शास्त्रिय अनुसन्धान केन्द्र

महान्यायाधिवक्ताको कार्यालय तथा मातहत कार्यालयको एकीकृत कार्य सञ्चालन कार्यविधि, २०७ ले अपराधशास्त्रीय अनुसन्धान केन्द्र मानव अधिकार संरक्षण, कानूनी राय विभाग अन्तर्गत रहने यस केन्द्रबाट देहाय बमोजिमका कार्यहरू सम्पादन हुने उल्लेख गरेको छः(प्रकरण नं. 7.२८.1-7.२८.८)

1. अपराधको कारण, प्रवृत्ति, रोकथामका उपाय समेतका अपराधका आयामहरु तथा अपराध र फौजदारी न्याय प्रशासन सम्बन्धमा अध्ययन विश्लेषण गर्ने ।

२. अपराधको सूचना संकलन र तथ्यांक व्यवस्थापनका सम्बन्धमा अपराध अनुसन्धान, अभियोजन गर्ने निकायसँग समन्वय गर्ने ।

३. नेपाल सरकारबाट मस्यौदा भएका फौजदारी कानूनसँग सम्बन्धित विधेयकहरुमा राय प्रतिक्रिया प्रदान गर्ने

४. दण्ड नीति, यसको प्रयोग तथा परिणाम समेत अध्ययन गरी अपराध र दण्डको अनुपातका सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने र सम्बद्ध निकायमा सुझाव पेश गर्ने,

५. फौजदारी कानून कार्यान्वयनको प्रभावकारिताका सम्बन्धमा अध्ययन अनुसन्धान गरी सुझाव पेश गर्ने।

६. नयाँ किसिमका अपराधको पहिचान र सजाय गर्न आवश्यक पर्ने कानून निर्माणका लागि सुझाव तयार गर्ने,

७. फौजदारी न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानून कार्यान्वयनको क्रममा कुनै कठिनाई आई परेमा वा कुनै विषयमा कानून बनाउनु पर्ने वा भई रहेको कानून संशोधन गर्न वा बनी रहेको कानून लागू गर्नुपर्ने देखिएमा नेपाल सरकार समक्ष प्रस्तुत गर्ने सुझाव तयार गर्ने,

८. योजनाले केन्द्रबाट सम्पादन हुने गरी निर्धारित क्रियाकलाप सम्पादन गर्नुका साथै महान्यायाधिवक्ता वा विभागको प्रमुखबाट तोकिएका अन्य कार्य गर्ने।