• यस कार्यालयबाट सम्पादन हुने कार्यहरुमा कुनै गुनासो र सुझाव भएमा सम्पर्क नं. ०९९-५२१२१० मा उपलब्ध गराई दिन हुन अनुरोध छ ।

परिचय

नेपालको सुदुरपश्चिम क्षेत्रमा रहेको तत्कालीन महाकाली अंचल हाल सुदुरपश्चिम प्रदेशको महाकाली नदीसंगै जोडिएको कंचनपुर जिल्ला  भिमदत्तनगरपालिका वडा नं. स्थित दशरथचन्द मार्गमा १३५४.५२ वर्गमिटर क्षेत्रफलमा यस उच्च सरकारी वकील कार्यालय रहेको छ ।

नेपालका महान्यायाधिवक्तालाई नेपालको संविधान (२०७२) को धारा १५८ बमोजिम आफुलाई प्रदत्त संबैधानीक अधिकार, महान्यायाधिवक्ताबाट प्रत्यायोजन भए बमोजिम नेपाल सरकार वादी हुने वा नेपाल सरकारको हक हित वा सरोकार निहित रहेको मुद्दा नेपाल सरकारको तर्फवाट प्रतिनिधित्व गर्ने, नेपाल सरकारको प्रमुख संवैधानिक एवं कानूनी सल्लाहकारको भूमिका निर्वाह गर्ने, नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने नचलाउने निर्णय गर्ने, सरकारवादी मुद्दा फिर्ता लिंदा राय दिने, हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार भए नभएको वा कानुन व्यवसायीसँग भेटघाट गर्न दिए नदिएको विषयमा अनुगमन एवं निरीक्षण गर्ने, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको पालन भए नभएको अनुगमन गर्ने, नेपाल सरकारवादी वा प्रतिवादी भएको मुद्दामा प्रतिनिधित्व गर्ने जस्ता कार्यहरु महान्यायाधिवक्ताको कार्यालय र सो अन्तर्गतका उच्च र जिल्ला सरकारी वकील कार्यालयबाट कानून बमोजिम कार्यहरु गर्दछ । यसका लागी आफ्नो दैनिक कार्य सम्पादन गर्न उच्च अदालतहरू र उच्च अदालतका ईजलास रहेका स्थानहरूमा उच्च सरकारी वकील कार्यालयहरू स्थापना भएका छन ।

हाल देशै भरी उच्च सरकारी वकील कार्यालयहरूको संख्या १८ रहेको छ, ति मध्ये उच्च सरकारी वकील कार्यालय महेन्द्रनगर, कंचनपुर पनि एक हो । यस उच्च सरकारी वकील कार्यालय महेन्द्रनगर, कंचनपुर अन्तर्गत ४ वटा जिल्ला सरकारी वकील कार्यालयहरु ( बैतडी, डडेल्धुरा, दार्चुला, कंचनपुर) रहेका छन । यस कार्यालयहरूको नेतृत्व नेपाल न्यायसेवाका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत (सहन्यायाधिवक्ता) बाट गरिंदै आएको छ । यस कार्यालयमा उपन्यायाधिवक्ता र सहायक न्यायाधिवक्ता समेतबाट सरकारी वकीलको रूपमा कार्य सम्पादन गरिन्छ भने अन्य कर्मचारीहरू समेत रहन्छन । यसरी यस उच्च सरकारी वकील कार्यालयले प्रचलित ऐन कानून तथा सरकारी वकील सम्बन्धी नियमावली २०७७ बमोजिम कार्य समेत गर्दै आएको छ ।

नि.सहन्यायाधिवक्ता

श्री प्रकाश बहादुर भण्डारी

सहायक न्यायाधिवक्ता

श्री राम दत्त भट्ट (सुचना अधिकारी) सम्पर्क नं. ९८४८७१६७२८

कम्प्युटर अपरेटर (सूचना प्रविधि शाखा सम्पर्क व्यक्ति)

किरन सि‌ंह