दोस्रो "समुदायमा सरकारी वकील कार्यक्रम" सम्पन्न

samachar

2076-2-7

मिति २०८६।०१।२० गतेका दिन इलाम नगरपालिका वडा नं १० स्थित पुर्ण स्मारक मा.वी, गोदकमा  समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ। समकालिन फौजदारी न्याय प्रणालीमा सरकारी वकील कार्यालय र सरकारी वकीलको भुमिका सम्बन्धी विषयमा बिद्यार्थीलाइ सचेत बनाउने उद्देश्यले उच्च सरकारी वकील कार्यालय इलामको वार्षिक कार्ययोजना अनुसार सञ्चालन गरिएको उक्त कार्यक्रममा  समसामयिक फौजदारी घटनाक्रम सम्बन्धी विषयमा छलफल भएको थियो।

४४ जना बिद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रम सञ्चालन उच्च सरकारी वकील कार्यालयका ना.सु श्री होमनाथ कट्टेलले गर्नुभएको थियो। फौजदारी न्याय प्रणालीको सम्बन्धमा उठेको सवालहरुको सम्बोधन यस कार्यालयका नि. सह-न्यायाधिवक्ता परमेश्वर पराजुली र शाखा अधिकृत पुर्णबहादुर थापामगरले गर्नुभएको थियो। अन्तरकृयामा नि. सह-न्यायाधिवक्ता परमेश्वर पराजुलीका साथै उक्त बिद्यालयका शिक्षिकाहरु समेत सहभागी हुनुभएको थियो। 

 समुदायमा सरकारी वकील कार्यक्रम सञ्चालन गरेकोमा उक्त विद्यालयका प्रधानाध्यापक प्रेम घिमिरेले  आयोजकलाई धन्यबाद दिदै कार्यक्रमको समापन मन्तव्य दिदै उक्त कार्यक्रम सम्पन्न भयो। 


संलग्न जोडिएका विवरणहरु

डाउनलोड गर्नुहोस.................... download
समाचार

सरुवा प्रतिवेदन ।


यस कार्यालय र अन्तर्गत जिल्ला सरकारी वकील कार्यालयहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङका २०७८ साल माघ महिनाको मुद्दा विवरण


नागरिक वडापत्र राखिएको ।


जिल्ला ताप्लेजुङ, पाथिभरा याङवरक गाउँपालिकाको सभाहलमा मिति २०७८।१०।२० गते उच्च सरकारी वकील कार्यालय, इलाम र जिल्ला सरकारी वकील कार्यालय, ताप्लेजुङको संयुक्त आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति २०७८ साल पौष ३० गते यस कार्यालय तथा जिल्ला सरकारी वकील कार्यालय, झापाको संयुक्त आयोजनामा कनकाइ न.पा. मा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न भयो ।


उच्च क्षेत्र समन्वय समितिको बैठक सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम समपन्न


मिति २०७८।८।०१ गते बुधबारका दिन यस कार्यालयको नियमित बैठकको निर्णयहरु प्रकाशन गरिएको छ ।


कर्मचारी पुरस्कृत गरिएको


माननीय महान्यायाधिवक्ताज्यू र श्रीमान् नायब महान्यायाधिवक्ताज्यूबाट अनलाई मार्फत भएको निर्देशन अनुसार उच्च सरकारी वकील कार्यालय, इलामका सहन्यायाधिवक्ताको संयोजकत्वमा मिति २०७७।०४।१६ गते मातहतका जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुको बैठक सुसम्पन्न भयो ।