समुदायमा सरकारी वकील निसीखोला गाउपालिकामा सम्पन्न

samachar

2078-8-1

मिति २०७८।०७।२६ गते शुक्रबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं. २ स्थित  गाउँपालिकाको सभाहलमा उ.स.व.का. बागलुङका  निमित्त सहन्यायाधिवक्ता श्री गोपाल ढकालज्यूको अध्यक्षता, निसीखोला गाउँपालिकाका अध्यक्ष श्री तारानाथ पौडेलको प्रमुख आतिथ्यता,  जिल्ला सरकारी वकील कार्यालय, बागलुङका जिल्ला न्यायाधिवक्ता श्री लालप्रसाद लामिछानेज्यू, निसीखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री टोपबहादुर चन्द, ईलाका प्रहरी कार्यालय वुर्तिबाङ बागलुङका प्रहरी निरीक्षक श्री जयराम वन्तको आतिथ्यता एवं जनप्रतिनिधी, शिक्षक कार्यक्रममा सहभागी उच्च सरकारी वकील कार्यालय बागलुङ र जिल्ला सरकारी वकील कार्यालय बागलुङका कर्मचारीहरु, स्थानीय सर्वसाधारण एवं पत्रकारहरु गरी ४१ जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय, बागलुङ र जिल्ला सरकारी वकील कार्यालय, बागलुङको सम्यूक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता श्री लालप्रसाद लामिछानेज्यूले "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । करीव १० जना सहभागिहरुबाट सरकारी वकील र सरकार वादी मुद्दा सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उ.स.व.का. बागलुङका निमित्त सह-न्यायाधिवक्ता श्री गोपाल प्रसाद ढकाल र जिल्ला न्यायाधिवक्ता लालप्रसाद लामिछानेले विभिन्न रोचक उदाहरणहरु सहित सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सम्पूर्ण सहभागीहरुलाई धन्यबाद दिनुभएको थियो । सो कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष श्री तारानाथ पौडेलले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा जि.स.व.का. बागलुङका जिल्ला न्यायाधिवक्ता श्री लालप्रसाद लामिछानेले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालक उ.स.व.का. बागलुङका ना.सु. श्री धर्मराज शर्माले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments