साल्पासिलिछो गा.पा. मा समुदायमा सरकारी वकील र कानूनी सचेतना कार्यक्रम सम्पन्न ।

samachar

2078-12-10

        महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनितिक कार्ययोजना अनुरुप मिति २०७८/१२/०५ गते यस जिल्ला सरकारी वकील कार्यालय भोजपुरको यस आ.व.२०७८/०७९ को चौथो कार्यक्रम साल्पासिलिछो गाउँपालिकामा सम्पन्न भयो । जि.न्या.व. श्री कल्पना राईज्यूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिमा साल्पासिलिछो गा.पा. का उपाध्यक्ष श्री धनमाया राई, विशिष्ट अतिथिमा साल्पासिलिछो गाउँपालिकाका प्रमुख प्रशासकिय श्री किरणनिधि तिवारी, अतिथिहरु जाल्पा मा.वि. को प्रधानाध्यापक श्री बिरेन्द्र कुमार राई साथै वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य, मेलमिलापकर्ता, महिला बालबालिका, विद्यार्थी समेतको उपस्थिती रहेको थियो ।

      कार्यक्रममा सरकारवादी मुद्दाहरुमा प्रहरी र सरकारी वकील बिचको समन्वय अभियोजन प्रकृया, अदालतमा उपस्थित भई गरिने मुद्दाको प्रतिरक्षाको क्रममा गरिने सम्पूर्ण प्रकृयाहरु बारे बिस्तृत प्रस्तुती स.जि.न्या.व. नारायणप्रसाद घिमिरेज्युूबाट भयो । त्यसपश्चात समुदायसँग अन्तक्रिया कार्यक्रम अन्तर्गत सहभागिहरुबाट उठेको विविध प्रश्न, जिज्ञासाहरु माथि जि.न्या.व. श्री कल्पना राईज्यू र स.जि.न्या.व. श्री नारायणप्रसाद घिमिरेज्यूले जवाफ दिनुभयो ।  

      अन्त्यमा सहभागिको तर्फबाट जाल्पा मा.वि. का प्रधानाध्यापकज्यू श्री बिरेन्द्र कुमार राई, साल्पासिलिछो गाउँपालिकाका उपाध्यक्ष श्री धनमाया राई, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री किरणनिधि तिवारी समेतले मन्तव्य र कार्यक्रममाथि टिप्पणी गर्दै यस कार्यक्रमको प्रशंसा गर्नुको साथै यस्तो कार्यक्रमलाई समुदायस्तरमा लैजादा जनसमुदायमा यसको महत्व धेरै हुने र सर्वसाधारणले न्यायको पहुँचमा सजिलै पुग्न सक्ने साथै अपराध नियन्त्रणमा समेत टेवा पुग्ने भएकोले यस कार्यक्रमको हार्दिक स्वागत गर्नुभयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments