सुर्खेतको भेरीगंगा नगरपालिकाको वडा नं ५ बबई हात्तिखालमा समुदायमा सरकारी वकील कार्यक्रम २०७९ जेठ ३० गते सम्पन्न

samachar

2079-3-13

भेरीगंगा नगरपालिकाको वडा नं ५ बबई हात्तिखामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

उच्च सरकारी वकील  कार्यालय, सुर्खेत र जिल्ला सरकारी वकील कार्यालय सुर्खेतको आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम २०७९ जेठ ३० गते सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ५ बबई हात्तिखालस्थित जनता आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा सहभागीहरुलाई सरकारी वकीलको परिचय, सरकारवादी मुद्दाहरू र समुदायबाट गरिएको अपेक्षाका विषयमा जिल्ला सरकारी वकील कार्यालय सुर्खेतका जिल्ला न्यायाधिवक्ता श्री  नविनकुमार भट्ट र उच्च सरकारी वकील कार्यालय सुर्खेतका उपन्यायाधिवक्ता श्री नगेन्द्र लम्साल र कानूनी सचेतना विषयमा उच्च सरकारी वकील कार्यालय, सुर्खेतका सहन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भुसालले कार्यपत्र प्रस्तुत गरी जानकारी गराउनुभएको थियो ।

उच्च सरकारी वकील कार्यालय सुर्खेतका सहन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भुसालले सरकारवादी फौजदारी मुद्दासहित सरकारी सार्वजनिक सम्पत्ति संरक्षणसम्बन्धी देवानी विषयका मुद्दाहरुमा समेत सरकारी वकीलले वहस पैरवी प्रतिरक्षा गर्ने जानकारी दिनुभयो ।

उहाँले पीडित व्यक्तिले आफू अपराधबाट पीडित भएमा त्यसको जानकारी प्रहरीकहाँ निवेदन र जाहेरी लिएर जानुका साथै परिवार र समाजले समेत दोषीलाई कारबाही गर्नमा प्रहरीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

भेरीगंगा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष श्री प्रेमबहादुर सारुले कार्यक्रमले समुदायका मानिसहरुलाई अपराध रोकथाम गर्न र अपराधको घटना घटेपछि अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न समुदायले निभाउनुपर्ने भूमिकाबारे कानूनी सचेतना जगाउन महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले लागूऔषध जस्ता दुर्ब्यसनमा युवाहरुको जमात बढ्दै गएकाले परिवार र समाज सबैको निगरानी यस्ता कुलतबाट युवाहरुलाई जोगाउनमा हुनुपर्ने उल्लेख गर्नुभयो ।

भेरीगंगा नगरपालिका वडा नं ५ बबईहात्तिखाल स्थित जनता आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री भुपालसिंह परियारले भन्नुभयो, ×हामी समुदायका मानिसहरुलाई कानूनी प्रकृयाका बारेमा सचेतना गराउन कार्यक्रम उपयोगी रहेको छ ।"

कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञाशाको सम्बोधन उच्च सरकारी वकील कार्यालय सुर्खेतका सहन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भुसालले गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय समुदायका मानिसहरुको सहभागीता रहेको थियो । 

कार्यक्रममा ६९ जनाको सहभागीता रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

उच्च सरकारी वकील कार्यालय, सुर्खेतको बढुवा समितिको सचिवालयको रा.प.अनं. प्रथम श्रेणी नायब सुब्बा पदको जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवा सिफारिस सम्बन्धी मिति २०८०/१२/१३ को सूचना


उच्च सरकारी वकील कार्यालय, सुर्खेतको कार्यालयको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आयोजित मिति २०८०/१/१४ गतेको तिसाैं कर्मचारी बैठकको माइन्युट ।


उच्च सरकारी वकील कार्यालय, सुर्खेतको कार्यालयको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आयोजित मिति २०७९/७/२ गतेको उन्नतिसाैं कर्मचारी बैठकको माइन्युट ।


उच्च सरकारी वकील कार्यालय, सुर्खेतको कार्यालयको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आयोजित मिति २०७९/५/१० गतेको अठ्ठाइसाैं कर्मचारी बैठकको माइन्युट ।


मिति २०७९/३/२९ गते सुर्खेतस्थित संघ अन्तर्गतका कार्यालय प्रमुखहरुसँग उसवका सुर्खेत र जिसवका सुर्खेतको संयुक्त आयोजनामा आयोजित कानूनी राय र लिखित जवाफ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन ।


मिति २०७९/३/२४ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासत कक्षको उसवका सुर्खेतको सहन्यायाधिवक्ता ज्यूले गर्नु भएको निरीक्षणको प्रतिवेदन


मिति २०७९/३/२४ गते कारगार कार्यालय जाजरकोटको उसवका सुर्खेतको सहन्यायाधिवक्ता ज्यूले गर्नु भएको निरीक्षणको प्रतिवेदन ।


मिति २०७९/३/१९ गते उच्च सरकारी वकील कार्याल सुर्खेत र जिल्ला सरकारी वकील सुर्खेतको संयुक्त आयोजनामा कानून व्यवसायीहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन ।


मिति २०७९/३/४ गते उच्च सरकारी वकील कार्यालय, सुर्खेत र मातहत कार्यालयको वार्षिक कार्ययोजना समिक्षा सम्बन्धी कार्यक्रमको प्रतिवेदन ।


मिति २०७९/०३/२० गते सम्पन्न उच्च सरकारी वकील कार्यालय, सुर्खेत तहको समन्वय समितिको आठौं बैठकको निर्णयहरु।