समुदायमा सरकारी वकील कार्यक्रम श्री स. सु. मो. या. वहुमुखी क्याम्पस सिराहामा सम्पन्न

samachar

2075-12-13

समुदायमा सरकारी वकील कार्यक्रम श्री स. सु. मो. या. वहुमुखी क्याम्पस सिराहामा सम्पन्न

चैत १, दोस्रो पञ्चबर्षिय रणनीतिक योजना अन्तर्गत समुदायमा सरकारी वकील  कार्यक्रम श्री सत्यनारायण सुर्यनारायण मोर्वैता यादव वहुमुखी क्याम्पस सिराहाको सभाहलमा मिति २०७५/१२/०१ मा सम्पन्न भयो । जिल्ला सरकारी वकील कार्यालय, सिराहाले सरकारी वकील कार्यालयको परिचय र सरकारी वकीलको काम कर्तव्य र अधिकार एवं पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने पक्रिया, तथा कानुनी सहायता सम्वन्धी व्यबस्था बारेमा जानकारी गराउने, अपराधको सूचना दिन विद्यार्थी मार्फत स्थानिय जनसमुदायका मानिसहरुलाई कानुनी सचेतना सञ्चार गर्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता जिल्ला सरकारी वकील कार्यालय सिराहाका जिल्ला न्यायाधिवक्ता श्री एकराज अधिकारीले गर्नु भएको थियो भने प्रमुख  अतिथी क्याम्पस प्रमुख डा. कृष्ण कुमार यादव हुनुहुन्थ्यो । कार्यपत्र प्रस्तुत गर्दै जिल्ला सरकारी वकील कार्यालय सिराहाका सहायक जिल्ला न्यायाधिवक्ता श्री वसन्त काफ्लेले  समुदायमा हुनसक्ने अपराधहरुपालना गर्नुपर्ने कर्तव्य बारे जानकारी गराउनुभयो । ६० जनाको सहभागीतामा सञ्चालित कार्यक्रम जनचेतनामूलक भएकाले यस्ता कार्यक्रमहरु समुदायका सबै विद्यालय र जनता समक्ष पुर्याउनुपर्ने कुरामा उपस्थित प्रध्यापक तथा विद्यार्थीहरूले जोड दिएका थिए। उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता र प्रश्नोत्तर शैलिमा सन्चालित भएको कार्यक्रममा महिला हिंसाबहु/बाल विवाहजवरजस्ती करणीलागु औषध जस्ता फौजदारी मुद्दाहरुको कानूनी समस्या र समाधानका उपायहरु बारे समेत चर्चा भएको थियो। उपस्थित महानुभावहरुले सरकारी वकील कार्यक्रमको प्रसंशा गर्दै कानूनी ज्ञानको कमी भएकोले सरकारी वकीलबाट यस्ता कार्यक्रम सन्चालन गर्दा समुदायका सवै वर्गहरुलाई प्रभावकारी हुने  विचार व्यक्त गर्नुभयो।


संलग्न जोडिएका विवरणहरु

download