परिचय

उच्च सरकारी वकील कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ मा  ०-४-० (कठ्ठा) क्षेत्रफलमा अवस्थित छ ।

हाल देशै भरी उच्च सरकारी वकील कार्यालयहरूको संख्या १८ रहेको छ, ती मध्ये उच्च सरकारी वकील कार्यालय सुर्खेत पनि एक हो । यस कार्यालयहरूको नेतृत्व नेपाल न्याय सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत (सह-न्यायाधिवक्ता) बाट गरिंदै आएको छ । यस कार्यालयमा उप-न्यायाधिवक्ता र सहायक न्यायाधिवक्ता समेतबाट सरकारी वकीलको रूपमा कार्य सम्पादन गरिन्छ भने अन्य सहायक स्तरका कर्मचारीहरू समेत रहन्छन् ।

यस उच्च सरकारी वकील कार्यालय, सुर्खेतको कार्य सम्पादनको शुरुवात नेपालको संविधानले परिकल्पना गरे बमोजिम साविक पुनरावेदन अदालत मिति २०७३ आश्विन ३ गते देखि लागु हुने गरी उच्च अदालतमा परिणत भए सँगै भएको हो ।

नेपाल सरकार वादी हुने वा नेपाल सरकारको हक हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्ने, नेपाल सरकारको प्रमुख संवैधानिक एवं कानूनी सल्लाहकारको भूमिका निर्वाह गर्ने, नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने नचलाउने निर्णय गर्ने, सरकारवादी मुद्दा फिर्ता लिंदा राय दिने, हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार भए नभएको वा कानून व्यवसायीसँग भेटघाट गर्न दिए नदिएको विषयमा अनुगमन एवं निरीक्षण गर्ने, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको पालन भए नभएको अनुगमन गर्ने, नेपाल सरकारवादी वा प्रतिवादी भएको मुद्दामा प्रतिनिधित्व गर्ने जस्ता महान्यायाधिवक्तालाई नेपालको संविधान २०७२ को धारा १५८ द्वारा प्रदत्त अधिकारको महान्यायाधिवक्ताबाट धारा १५८(७) बमोजिम प्रत्यायोजन भए बमोजिम आफ्नो दैनिक कार्य सम्पादन गर्न उच्च अदालतहरू र उच्च अदालतका ईजलास रहेका स्थानहरूमा उच्च सरकारी वकील कार्यालयहरू स्थापना भएका छन् ।
































सहन्यायाधिवक्ता

रुद्रप्रसाद पन्थी (कार्यालय प्रमुख/गुनासो सुन्ने अधिकारी) ९८५८०४७१२२

उपन्यायाधिवक्ता

श्री डम्बरप्रसाद काफ्ले (प्रवक्ता)

उपन्यायाधिवक्ता

श्री तुलसा भण्डारी

सहायक न्यायाधिवक्ता

श्री भिमराज गौली

सहायक न्यायाधिवक्ता

श्री आरती चपाई (सूचना अधिकारी/पीडित सहायता अधिकृत) ९८४८२८८५०१