२०७७/८/२६ गतेको कर्मचारी बैठक

samachar

2077-8-26

मिति २०७/८/२६ गते शुक्रबार, उच्च सरकारी वकील कार्यालय, पोखराको कार्यालय सम्बन्धी कामकाजलाई प्रभावकारी बनाउन सहान्यायाधिवक्ता डा. गोपीचन्द्र भट्टराईज्यूको अध्यक्षतामा कर्मचारीको वैठक बसी महान्यायाधिवक्ताको कार्यालयमा स्विकृतिका लागि पठाइएको आ.व. ०७७/०७८ को उच्च सरकारी वकील कार्यालय, पोखराको वार्षिक कार्ययोजना स्विकृत भइसकेको जानकारी गराई उक्त कार्ययोजना माथि छलफल गराई कार्यान्वयनका लागि पहिलो त्रैमासिकमा सम्पन्न गर्नुपर्ने क्रियाकलापहरू सञ्चालनमा कोरोना भाइरसको संक्रमणको महामारीका कारण समुदाय स्तरमा गएर कार्यक्रम सञ्चालन गर्न नसकिएकोमा कोरोना भाइरसको संक्रमण कास्की जिल्लामा न्यून भएपछि समुदाय स्तरमा सञ्चालन गर्ने क्रियाकलापहरू सम्पन्न गर्ने, वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा कार्यालयका कर्मचारीहरूले तोकिएको जिम्मेवारीहरू पुरा गर्ने कर्मचारीहरूले कार्यालयले तोकेको नियम पालना सम्बन्धमा कार्यालयले तोकेको नियम र महान्यायाधिवक्ताज्यूबाट जारी गर्नुभएको सरकारी वकील तथा सरकारी वकील कार्यालयमा कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०७५ मा उल्लेख भएका प्रावधानहरू उल्लेखित वुँदाहरूको सम्पूर्ण कर्मचारीहरूले अध्ययन गरी पूर्ण रूपमा पालना गर्ने निर्णय गरीयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments